‘तेलको पैसा खल्तीमा हाल्ने मन्त्री’ भन्छन्,–समाचार लेख्ने पत्रकारलाई जेल हालिन्छ’!

diyopost.com
Diyo post  बुधबार, पौष २५, २०७५ | १७:५२:४५

हेटौंडा – प्रदेश ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले पत्रकारलाई जेल हाल्ने चेतावनी दिएका छन् । ‘तेलको पैसा खायो’ भनेर सरकार विरुद्ध समाचार लेखेको भन्दै मन्त्री जम्मकट्टेलले त्यस्ता पत्रकारलाई जेल हाल्ने चेतावनी दिएका हुन् ।

अक्सफामको आयोजानमा नागरिकता र महिलाको कानुनी अधिकारसम्बन्धी प्रदेशस्तरीय नीतिगत सम्वाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।


संसदमा प्रधानमन्त्रीले बोलेको कुरामा उनले समर्थन गर्दै पत्रकारलाई सरकार विरुद्ध नलाग्न निर्देशन समेत दिए ।


मन्त्री जम्मकट्टेलले पनि तेल बापत आउने इन्धन खर्च खल्तीमा हालेको भन्दै नयाँ पत्रिका दैनिकले केही दिनअघि पहिलो पृष्टमा समाचार प्रकाशन गरेको थियो ।


सोही समाचार आएपछि उनको छवी धुमिलिएको प्रदेश ३ मा चर्चा हुने गरेको थियो ।

के थियाे समाचार ?

प्रदेशका १२ भ्रष्ट मन्त्रीहरुः इन्धन वापतको पैसा लिँदै कुपनबाट तेल हाल्दै !

सम्बन्धित खबर