वडिविल्डीङमा स्वर्ण जितेका महर्जनलाई सरकाले ७ लाख दिने

Diyo post  

काठमाडौँ, पुष २६ । विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका महेश्वर महर्जनलाई सरकारले सात लाख नगदबाट सम्मान गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले च्याम्पियनसिपका स्वर्ण विजेता महर्जनलाई ७ लाख दिने तयारी गरेको बताईएको छ ।

राखेप र खेलकुद मन्त्रालयले संयुक्त रुपमा सम्मान कार्यक्रमको आयोजना गरेर प्रधानमन्त्री केपी शर्मा ओलीबाट महर्जनको सम्मान गर्ने तयारी अघि बढाएको छ ।

गत पुस १ गते थाईल्याण्डको चाङमईमा भएको १० औ विश्व च्याम्पियनसिपमा महर्जनले पुरुष ७५ केजी तौल समुहमा स्वर्ण जितेका थिए । उनले भारत र सिंगापुरका खेलाडीलाई पछाडी पार्दै ७५ केजी स्पर्धामा स्वर्ण जितेका हुन् ।

सम्बन्धित खबर