मेसी र सुवारेजलाई आराम दिंदा बार्सिलोना पराजित

मेसी र सुवारेजलाई आराम दिंदा बार्सिलोना पराजित

काठमाडौं, पुस २७ । मेसी र सुवारेजलाई आराम दिइएको खेलमा बार्सिलोना पराजित भएको छ । नेपाली समय अनुसार आज बिहान सकिएको कोपा डेल रे अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा बार्सिलोना लेभान्टेसँग २–१ गोल अन्तरले पराजित हुन पुग्यो ।

आफ्ना प्रभावशाली खेलाडीलाई आराम दिइएको खेलमा बार्सिलोनाले लेभान्टेसँग चौथो मिनेटमा गोल खान पुग्यो । इरिक कोब्याकोले डिएरिया नजिकबाट राम्रो हेड गोल गरे । १८ औं मिनेटमा बोर्जा मायोरालले गोल गर्दा लेभान्टेले २–० को अग्रता लिन पुग्यो ।

अघिपछि बेन्चमा थन्काइएका अधिकांश खेलाडी खेलाएको बार्सिलोनाले निरन्तर गोलको प्रयास नगरेको होइन तर, ८४ मिनेटसम्म उसको प्रयास सफल भएन । ८५ औं मिनेटमा प्राप्त पेनाल्टीमा फिलिम काउटिन्होले गोल गर्र्दा अवे गोलको फाइदा पनि बार्सिलोनाले उठायो ।

अब जनवरी १८ मा बार्सिलोनाले आफ्नै मैदानमा लेभान्टेसँग लेगको दोस्रो खेल खेल्नेछ । बार्सिलोनालाई अन्तिम ८ मा पुग्नका लागि १–० को जित पनि काफी हुनेछ । तर, दोस्रो लेगमा लेभान्टेले एक गोल गर्दा कम्तिमा पनि २ गोलभन्दा बढी अन्तरको जित आवश्यक पर्छ ।

Facebook Comments

Trending News