शितलहर पीडितलाई न्यानो बाढ्न गृहमन्त्री राम बहादुर थापा तराईमा, कम्बल र मेट्रस वितरण

Diyo post  


काठमाडौं, २७ पुस । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ चिसो मौसममा शितलहरबाट जोगिन कम्बल वितरण अभियानमा जुटेका छन् ।


गृहमन्त्री थापाले शुक्रबार पर्साको विरगन्ज स्थित लाल पर्सामा शितलहर पीडितलाई कम्बल वितरण गरेका हुन् ।


गृहमन्त्री थापाले लाल पर्सामा अति विपन्न परिवारलाई कम्बल र मेट्रेस वितरण गरेका थिए । गृह मन्त्रालयले यस वर्ष शितलहर र चिसोबाट कसैको अकालमा मृत्यु नहोस् भन्दै अतिविपन्न परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति मार्फत देशैभर कम्मल वितरण गरीरहेको छ ।


गृह मन्त्री थापा आफ्ना सहयोगी सहित कम्बल र म्याट्रेस वितरण गर्न पुगेका थिए ।
गृहमन्त्रीको हातबाट न्यानो कपडा र म्याट्रेस पाएपछि शितलहर पीडितहरु खुसी भएका छन् ।

के–के भने गृहमन्त्री बादलले यस्तो छ भिडियो

सम्बन्धित खबर