आरुघाट, पुस २७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुलाई पुन एकपटक देशको नेतृत्व गर्न इच्छा लागेको बताएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले गोरखाको आरुघाट पुगेर सबैले साथ दिए एकचोटी नतृत्वमा रहेर देशको सेवा गर्ने इच्छा प्रकट गरेका हुन् । विभिन्न दलका शीर्ष नेताहरुको उपस्थिति भएको समयमा अध्यक्ष दाहालले आफ्नो इच्छा प्रकट गरेका छन् । त्यसका लागि नेपाली कांग्रेसलाई पनि सहयोग गरिदिन आग्रह गरेका छन् ।
दोस्रो आरुघाट महोत्सवलाई सम्वोधन गर्न पुगेका अध्यक्ष दाहालले आरुघाटवासी र सम्पुर्ण गोरखाका बासिन्दाहरु संग आफ्नो आत्मिक सम्वन्ध रहेको समेत बताएका छन् । तीन बर्ष गोरखामा शिक्षकका रुपमा सेवा गरेको स्मरण गर्दै अध्यक्ष दाहालले गोरखावासीहरुसंग आफ्नो भावनात्मक साइनो भएको समेत स्पष्ठ पारेका छन् ।
देश आर्थिक समृद्धी र विकासतर्फ उन्मुख भएको र त्यसको फलस्वरुप बुडीगण्डकी जलविद्युत परियोजना निर्माण आरम्भ भएको उनले बताए । बुढीगण्डकी परियोजना निर्माण सम्वन्धमा प्रश्न चिह्न खडा गर्न नपर्ने भन्दै उनले कुनैपनि हालतमा यसको निर्माण प्रक्रिया नरोकिने बताए । मुआब्जा वितरणमा भइरहेको ढिलासुस्तीबारे अध्यक्ष दाहालले प्रष्ट्याउँदै यस आर्थिक बर्षसम्म मुआब्जा वितरणका सम्पुर्ण कार्यहरु सकिने आश्वासन दिएका छन् । त्यस्तै कृषी, पर्यटन, सांस्कृतिक, ऐतिहासिक जस्ता कुराहरुले आरुघाट क्षेत्र निकै महत्वपुर्ण रहेको र त्यस ठाउँमा मुहाब्जा वितरण गर्दा अधिकतम मुल्य दिनको लागि आफुले पहल प्रतिवद्धतासमेत ब्यक्त गरेका छन् ।
गोरखाली जनताको साथमा आफु भएको र कुनैपनि विकासनिर्माणका कामहरुलाई द्रुत गतिमा अगाडी बढाउन आफुले पहल गर्नेसमेत उनले बताए । जलाशय बन्ने क्षेत्रतर्फका धेरै घरपरिवारलाई तत्काल पुनस्थापना गर्नुपर्ने बताउँदै उनिहरुको इच्छाअनुसार पुनस्थापना गरिने बताए । त्यस्तै आरुघाट क्षेत्रका सडकमा कालोपत्रेको काम रोकिएको र त्यसलाई तत्काल संचालन गर्नको लागि आफुले सरकारलाई आग्रह गर्नेसमेत उनले बताए ।
देशको बारेमा नेकपा र सरकार पुर्ण जिम्मेवारका साथ अगाडी बढेको भन्दै अध्यक्ष दाहालले देश डुबाउन खोजिएको भन्ने तर्कको खण्डन गरेका छन् । नेपाली कांग्रेस लगायतका राजनीतिक दलहरुले जनताका माझ केही भ्रामात्मक कुराहरुको प्रचार गरेको भन्दै त्यसप्रति नलाग्न समेत जनतालाई आह्वान गरेका छन् । अहिले देशलाई विकासतर्फ अगाडी बढाउनको लागि ठुलो अवसर प्राप्त भएको र दुई तिहाईको सरकारले त्यसलाई राम्रो सदुपयोग गर्ने प्रतिवद्धता
समेत ब्यक्त गरे ।