काठमाडौं, २७ पुस । गत वर्ष मात्रै गठन भएको विवेकशील साझा पार्टी एउता निर्वाचन सकिएको केही महिनापछि नै विघटन भएको छ ।
पूर्व पत्रकार रविन्द्र मिश्र र उज्वल थापाको नेतृत्वमा गत वर्षको निर्वाचनमा भाग लिएको विवेकशील साझा करिब एक वर्ष पश्चात फूटेको हो ।
नयाँ पार्टीको नाम विवेकशील नेपाली दल राखिएको छ ।
संयोजक उज्वल थापाको नेतृत्वमा ३७ जना केन्द्रीय सदस्यले नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेका छन् । विभाजित पार्टीमा काठमाडौं महानगरपालिकाको मयरमा निर्वाचन लडेकी रञ्जु दर्शना पनि थापा सँगै लागेकी छिन् । यसअघिको मेयरको निर्वाचनमा उनी विवेकशील पार्टीकै तर्फबाट निर्वाचनमा भाग लिएकी थिइन् । साझा पार्टीका तर्फबाट भने पूर्व सचिव किशोर थापाले उम्मेवारी दिएका थिए ।
रञ्जु दर्शना पनि थापासँगै निर्वाचन आयोग गएको स्रोतले बताएको छ ।