राप्रपाको चियापानमा सरकारको प्रतिनिधि अनुपस्थित, राजपाबाट पनि कोही गएनन्

Diyo post  

काठमाडौँ, पुस २७ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सरकारको तर्फबाट कुनैपनि प्रतिनिधिहरुको सहभागिता भएनन् ।

पृथ्वीनारायण शाहको जन्मयन्तीको अवसर पारेर आयोजना गरिएको चियापान समारोहमा सत्तारुढ दल नेकपाका केही नेताहरु सहभागी भएपनि मन्त्रीपरिषदका कुनैपनि सदस्यले सहभागिता जनाएनन् । दश हजार भन्दा बढी संख्यामा निम्ता बाँडिएतापनि उल्लेख्य संख्यामा उपस्थित भने भएनन् ।

चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायतका नेताहरु सहभागी भएका थिए ।

राजपा र मधेशवादी नेताहरुलाई पनि चियापानमा बोलाइएको भएपनि उनिहरु उपस्थित भएनन् । चियापानमा नेकपाका तर्फबाट वरिष्ठ नेता झलनाथ खनालले पहिले पृथ्वी जयन्ती नमनाएपनि यसमा सुधार गर्नुपर्ने बताए ।

सम्बन्धित खबर