डा. केसीको माग पुरा नगराउन इलामबाटै अर्को अनशन, यी हुन् डा. केसीविरुद्ध अनशन बस्ने व्यक्ति

Diyo post  

काठमाडौँ, पुष २८ । प्राध्यापक डाक्टर गोविन्द केसीले चिकित्सा शिक्षा विधेयक सम्झौता अनुसार पास नगराइएको भन्दै इलामबाट १६ औँ अनसन शुरु गरेको तेस्रो दिन उनिविरुद्ध अर्का युवा अनसनमा बसेका छन् ।

खोटाङका सामाजिक अभियन्ता विजय थापाले विभिन्न ९ वूँदे माग राखि इलामबाटै अनशन शुरु गरेका हुन् । उनले डा. गोविन्द केसीले उठाएका मागहरुसहित चिकित्सा शिक्षा विधेयकलाई पारित गरिए नेपालको स्वास्थ्य क्षेत्रमा गम्भिर खतरा पैदा हुने भन्दै कुनैपनि हालतमा अध्यादेश संसोधन नगर्न माग गरेका छन् ।

गोविन्द केसीले सम्झौता गरिएअनुसारका वुदाँहरु अध्यादेशमा नभएको र नेपालको मेडिकल क्षेत्रलाई माफियाकरण गर्न लागिएको भन्दै १६ अनशन शुरु गरेका शनिबार ४ दिन बितेको छ ।

इलामको इलामचोक बजारस्थित लाकुरी चौताराबाट उनले गोविन्द केसी विरुद्धको अनसन शुरु गरेका हुन् । गत पुस २५ गते संसदबाट पारित गरिएको अध्यादेश चिकित्सा शिक्षा र जनताको हितमा रहेको भन्दै त्यसलाई संसोधन गर्ने केसीको मागलाई पुरा नगर्न उनको माग छ ।

थापा यसअघि वैशाख महिनादेखि ५३ दिनसम्म आमरण अनशन बसेका थिए । उनले गाँस, वास, कपासहितको निशुल्क स्वास्थ्य शिक्षाको व्यवस्था गरिनुपर्ने माग राखेका थिए ।

सम्बन्धित खबर