प्रदेश पाँचमा पर्यटन मन्त्रीको राजिनामा माग, निलम्वन नगरे लुम्विनीमा वहिस्कार

Diyo post  

काठमाडौँ, पुस २९ । प्रदेश ५ का सांसदहरुले वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार गरेको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई तत्काल निलम्वन गर्नुपर्ने माग राखेका छन् । आइतबारको प्रदेशसभाको वैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद फकरुद्धिन खानले मन्त्री अधिकारीलाई निलम्वन गर्न माग राखेका छन् ।

मन्त्री अधिकारीले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताए । राजिनामा नदिए प्रधानमन्त्रीले विमान खरिद प्रकरणको टुंगो नलागेसम्म उनलाई निलम्वन गर्नुपर्ने माग राखेका छन् । मन्त्री अधिकारी लुम्विनी विकास कोषको अध्यक्ष रहेको र आफुपनी लुम्वनी क्षेत्रकै सांसद भएको कारण यस्तो अनियमिततमा मुछिएका व्यक्तिलाई पवित्र पदमा राख्न नसकिने बताए ।

सरकारले उनलाई निलम्वन नगरे लुम्विनीका जनताले रविन्द्रलाई वहिस्कार गर्ने चेतावनी दिएका छन् । प्रकरणको अन्तिम टुंगो लागेपछि निर्दोष ठहरिए पुनर्वहाली गर्न सकिने बताउँदै लुम्वीनीबासीले उनलाई त्यहाँ हुने कार्यक्रममा अध्यक्षता गर्न नदिनेसमेत बताएका छन् ।

सम्बन्धित खबर