काठमाडौँ, माघ १ । बैँकबाट ऋण लिने तर तिर्ने समयमा पन्छिने ५ हजार ४ सय १५ जना ब्यक्ति तथा कम्पनी बैँकको कालो सुचिमा परेका छन् । वि।स २०४७ देखि २०७४ सम्म आइपुग्दा यति संख्याका मानिस तथा कम्पनीहरु बैँकको कालोसुचिमा परेका हुन् ।
सिआइविले जारि गरेको सुचिअनुसार ठुलाठुला व्यवसायिक घरानाका व्यक्तित्व तथा कम्पनीहरुलाई बैँकले कालो सुचिमा राखेको छ । सुचिको पहिलो नम्बरमा हेटौँडा छाला उद्योग रहेको छ । उक्त उद्योगसंग जोडिएको वाँसबारी छाला तथा जुत्ता उद्योगपनि कालोसुचिमा छ । जारि गरिएको सुचिमा पुर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा अरुण चन्दसमेत कालोसुचिमा छन् । उनले बासुलिंग सुगर मीलको लागि बैँकसंग लिएको ऋण निश्चित समयावधिमा नतीरेपछि कालोसुचिमा परेका हुन् । उनिसंगै सुदुरपश्चिम प्रदेशका प्रदेश पमुख मोहनराज मल्ल र गीता राणासमेत कालोसुचिमा परेका छन् ।
बैँकको ऋण नतिरि बस्नेहरुमा पुर्व राजपरिवारका सदस्यहरुसमेत रहेका छन् । पुर्व राजाका भिनाजु बझांगी राजा दीपकजंग बहादुर सिंह र खड्गविक्रम शाहले लक्ष्मी ग्लास उद्योगका नाममा लिएको ऋण नतिर्दा ०४८ सालदेखि नै कालोसुचिमा छन् ।
नेपाल कार्पेट उद्योगका नाममा सयुक्त राना र उनकी आमा शान्तिश्वरी हिमालीले बैँकबाट ऋण लिएर नतिरेपछि उनिहरुलाई २०५८ सालदेखि कालोसुचिमा राखेको छ । सीमा अतिक्रमणविरुद्ध बोलिरहने राष्ट्रवादी अभियनता चेतेन्द्रजंग हिमालीले बालाजुको विद्युत प्राधिकरणको जग्गा अतिक्रमण गरेको सार्वजनिक भएको थियो । तात्कालिन उर्जा मन्त्री गोकर्ण विष्टले कारवाही गर्न खोजेपनि असफल भएका थिए ।
यसवाहेक अन्य धेरै प्रतिष्ठित संस्था तथा व्यापारीहरु पनि बैँकको कालो सुचिमा परेका छन् । सुन्धारा सपिङ मलका संचालक बन्दना भण्डारी बगाले, दिब्या बराल, निर्मल कुमार बराल, पदम देवि कँडेल, सागर बगाले, सुवाश चन्द्र कँडेललाई पनि कालोसुचिमा राखिएको छ । त्यस्तै न्यु डन बोस्को एकेडेमिका रामकुमार गिरी, विष्णु गिरी र मेघा गिरीपनि कालोसुचिमा छन् ।
यस्तो छ हालसम्म कालोसुचिमा परेका ब्यक्तिहरु