काठमाडौँ, माघ १ । विवेकशील साझा पार्टीले उज्जल थापा समूहले छापामार शैलीमा पार्टी फुटाएको आरोप लगाएको छ । आज पत्रकार सम्मेलन गरी प्रवक्ता डा. सूर्यराज आचार्यले १५ महिना सँगै काम गरेर उज्ज्वल थापा समूहले थाहै नदिई छापामारा शैलीमा पार्टी फुटाएको केन्द्रीय समितिले निष्कर्ष निकालेको बताएका छन् ।
पार्टी भित्रका कमी कमजोर सुधार गरेर अघि बढने सम्भावना हुँदाहुँदै हतारमा पार्टीबाट अलग भएर उज्जल थापा समूहले गम्भिर गल्ती गरेको दावी गरे ।
निर्वाचनमा सँगै होमिएका पार्टी भित्रका साथीहरुलाई भावनात्मक रुपमा एकतावद्ध गर्न नसक्नुलाई कमजोरीको रुपमा पनि बैठकले औंल्याएको छ । पार्टी फुटनु दुःखद भएको भएपनि आफूहरु हतास नभएको पनि प्रवक्ता आचार्यले बताएका छन् । उहाँले मुलुकलाई वैकल्पिक शक्ति चाहिएको र सो आवश्यक्ता पूरा गर्न आफ्नो पार्टी सक्षम हुने दावी पनि गरेका छन् ।
पार्टी एकलौटी ढंगले अघि बढाएको आरोप लगाउँदै थापा समूह सो पार्टीबाट अलग भएको थियो । पार्टीले विभाजनपछिको चुनौतिलाई सामना गर्ने तयारीका लागि आगामी माघ १२ गते काठमाडौंमा राष्ट्रिय भेला पनि बोलाएको छ । सो भेलाले पार्टीलाई अघि बढाउन ठोस नीति तय गर्ने पनि प्रवक्ता आचार्यले बताएका छन् ।