काठमाडौं, माघ २ । विवादास्पद राजदुत लक्की शेर्पा अहिले कहाँ छिन् ? यसबारे जानकार हुनुपर्ने परराष्ट्र मन्त्रालयका अधिकारीहरु बेखबर छन् । नेकपाका अध्यक्षद्धयले ‘राजिनामा दिएर छानवीनलाई सहज बनाउनु’ भनी दिएको निर्देशनपछि हो, लक्की सार्वजनिक सम्पर्कभन्दा बाहिर रहेको ।
नत्र एउटा देशका लागि तोकिएको राजदुत सम्बन्धित देशमा भए त्यहाँको विदेश मन्त्रालयसँग, आफ्नो देशमा भए सम्बन्धित मन्त्रालयसँग नियमित सम्पर्कमा रहनुपर्छ । तर, लक्की अहिले न परराष्ट्रको सम्पर्कमा छिन्, न उनको पार्टी नेकपाकै जानकारीमा ।
राजीनामा दिईसकेपछि हैसियत फेरिने,बरबुझारथ गर्न जाँदा सामान्य हैसियतमा जानुपर्ने, उता उजुरी दर्ता भएको अवस्थामा यताको पद छाडेर जाँदा कुटनीतिक उन्मुक्ती नपाईने, बयान दिन प्रहरी चौकी र अदालत धाउनुपर्ने, उस्तै परे समातिन सक्नेजस्ता अप्ठेरा पार्टी अध्यक्षहरुलाई सुनाएकी थिईन ।
अस्ट्रेलियन प्रहरीले पदीय हैसियतमा रहुन्जेल नियन्त्रणमा लिएर छानविन गर्न मिल्दैन । त्यसैले उनी एकचोटी पदमा रहेकै बेला अष्ट्रेलिया पुगेर फर्कने चाहनामा रहेको बताईन्छ । यही जटिलताका कारण लक्किले राजिनामा दिने कहिले ? वा मन्त्रिपरिषद बैठकले उनीबारे केही न केही निर्णय लिने कहिले ? टुँगो छैन ।
तर, अष्ट्रेलियाको राजदूत बन्नको लागि बिहान–बिहानै नेताकहाँ देउसी खेल्नेहरु निस्किसके । संसदका महासचिव मनोहरप्रसाद भट्टराई तीमध्येका प्रमुख दाबेदार हुन् ।
बुधबारको जनआस्था साप्ताहिकबाट