लक्कि शेर्पालाई ‘आउट’ गरेर आफू राजदूत बन्ने दाउमा संसदका महासचिव मनोहर भट्टराई !

Diyo post  

काठमाडौं, २ माघ । अष्ट्रेलियाको लागि नेपाली राजदूत लक्कि शेर्पालाई सरकारले न बर्खास्त गरेको छ न त उनले राजिनामा नै दिएकी छिन् । तर, कसैलाई भने अस्ट्रिेलियाको राजदूत बन्ने महत्वकांक्षाले दिनरात सुत्न दिएको छैन । त्यतिमात्रै होइन राजदूत बन्नका लागि नेताहरुको दैलोमा ‘देउसी खेल्न’ समेत शुरु भइसकेको छ ।


अष्ट्रेलियाको लागि नेपाली राजदूत बन्न कम्मर कसेर लागि परेका छन्– संघीय संसदका महासचिव मनोहर भट्टराई । नेपाली राजदूत बन्नका लागि भट्टराई विहान विहानै नेताको दैलो चहार्न थालेका छन् ।

सभामुख कृष्ण बहादुर महरा र राष्ट्रिय सभाका अध्यक्षले सचिवमा एक जना नयाँ युवालाई भर्ति गरेका छन् । महासचिव भट्टराई राजदूत बन्ने चक्रमा लागेपछि युवा सचिवहरु असन्तुष्ट बनेका छन् ।


उनीहरुबीच ‘वेभलेन्थ’ नमिलेको र सोही कारण संसदको गतिविधिमा समेत असर परेको संसद सचिवालयमा चर्चा हुने गरेको छ ।


महासचिव भट्टराईले राजदूत बन्नका लागि नेकपाका सांसद र सभामुख कृष्ण बहादुर महरालाई समेत हारगुहार गरिरहेका छन् ।


यस अघि संसदको महासचिव रहेका सुर्यकिरण गुरुङ पनि रुसको राजदूत बनेर गएका थिए । सरकारले भारतीय राजदूतमा सिफारिस गरेको निलाम्बर आचार्यको अहिलेसम्म एग्रिमो आएको छैन ।

यता मानव तस्करीको आरोप खेपीरहेकी लक्कि शेर्पालाई प्रतिशोधकै आधारमा यस्तो अरोप लगाईएको र त्यसको प्रमाण समेत नक्कली रहेको भन्दै शिर्ष नेताहरुकोमा रिपोर्ट पुगेको छ ।

सम्बन्धित खबर