रामबहादुर बम्जनविरुद्ध पाँचौ जाहेरी, सर्लाहीका रिता माझी वेपत्ता पारेको आरोप

Diyo post  

काठमाडौँ, माघ २ । तपस्वीको रुपमा चर्चित रामबहादुर वम्जनविरुद्ध पाचौँ जाहेरी दर्ता भएको छ । आफ्नो अनुयायी र चेलाहरुको हत्या र वेपत्ता पारेको भन्दै पछिल्लो समय विवादीत बनेका बम्जनविरुद्ध सर्लाहीकी २९ बर्षिया रिता बोट ( माझी ) लाई वेपत्ता पारिएको भन्दै उनको परिवारले जिल्ला प्रहरी कार्यलयमा जाहेरी दिएको हो ।

उनका परिवारका अनुसार २०६६ सालमा गढीमाई मेलामा गएदेखि वेपत्ता भएको र त्यसभन्दा अघि बमजनकै वाराको हलखोरियामा अवस्थित आश्रममा बस्ने गर्दथिन् । तात्कालिन समयमा तपस्वी बम्जन गढीमाई मेलामा जान्छु भन्दै १ महिना बेपत्ता भएका थिए । उनि त्यसबेला गढीमाई मेलामा समेत नगएको र एक युवतीको साथमा रौतहटको जंगलतिर गएका थिए ।

जिल्ला प्रहरी कार्यलयका अनुसार रीताको खोजतलास शुरु गरेको छ । प्रहरीले सिन्धुपाल्चोकमा रहेको उनको आश्रमलाई केन्द्रित गर्दैै खोजतलास शुरु गरेको छ । यसअघि पनि उनकै आश्रमका दुई अनुयायीहरु बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्जलाल यादवलाई वेपत्ता पारिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

जिल्ला अदालत सिन्धुपाल्चोकले वम्जनको आश्रममा छापा मार्ने अनुमति दिएपछि सिआइवि र जिल्ला प्रहरी कार्यलयको संयुक्त टोलीले छापा मारेको थियो । वेपत्ता पारिएका मध्य सञ्चलाल वाइवाको हत्या भएको समेत बताइएको छ । हत्यापश्चात उनको शवलाई आश्रमवरपर नै गाढीएको हुनसक्ने भन्दै प्रहरीले विभिन्न ठाउँहरुको उत्खनन् गरेको थियो ।

सम्बन्धित खबर