काठमाडौँ, माघ २ । राजधानीको गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिण्डर ग्याँस विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
बर्नर बिग्रिएको एक सिलिण्डरको मर्मत गर्दा अचानक आगलागि भएपछि सिलिण्डर विस्फोट भएको हो । विस्फोटमा ५ जना घाइते भएका थिए । घाइतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो ।
घाइतेमध्य एकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा नुवाकोट बेलकोटका काजी तामाङ रहेका छन् । अन्य घाइतेहरुमा कैलाश श्रेष्ठ, राजु बिसी, रेशम तामाङ र अनिल पोखरेल छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
विष्फोट भएको सीसा कारखानामा एलपीजी ग्यास र अक्सिजन सिलिन्डर प्रयोग हुने गरेको थियो । त्यहाँ अझै करिब ५० वटा सिलिन्डर छन् ।