सिक्टा सिँचाई भ्रष्टाचार प्रकरणः ४ करोड धरौटी तिरेर रिहा भए पुर्वमन्त्री विक्रम पाण्डे

Diyo post  

काठमाडौँ, माघ २ । पुर्वमन्त्री बिक्रम पाण्डे ४ करोड रुपैयाँ धरौटी तिरेर रिहा भएका छन् । सिक्टा सिँचाई आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिमाथि विशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

मुद्धा परेपछि फरार रहेका पुर्वमन्त्री पाण्डे अख्तियारले १५ दिनको म्याद राखेपछि बुधबार विशेष अदालतमा उपस्थित भएका थिए । न्यायधीशद्वय चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको संयुक्त इजलासले पुर्वमन्त्री पाण्डेसंग चार करोडको धरौटी लिने गरि निर्णय गरेको हो । यद्यपी बुधबार नै उनले रकम नतिरेपनि ग्लोबल आइएमई बैँक ग्यारेन्टी बसेपछि उनि रिहा भएका हुन् ।

सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै अख्तियारले गत मंसिर २१ गते कालिका कन्स्ट्रक्सनका मालिकसमेत रहेका पूर्वमन्त्री पाण्डेविरुद्ध मुद्दा दायर गरेको थियो

अख्तियारले पाण्डेलाई दुई वर्ष कैद सजाय माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको थियो । आयोगले पाण्डेसँग दुई अर्ब १३ करोड ७६ लाख ८० हजार विगो माग गरेको छ ।

पाण्डे प्रमुख रहेको सिटिसिई कालिका कन्ट्रक्शन जेभीले सिक्टा सिचाई आयोजनाको ४५ मध्ये ४२ किलोमिटर नहर निर्माणको ठेक्का ६ अर्ब रुपैयाँमा लिएको थियो । नहर निर्माणमा गरिएको लगानी शून्य अवस्थामा पुगेको अख्तियारको ठहर छ ।

सम्बन्धित खबर