पर्वतको मालढुंगामा बस दुर्घटनाः तीनजनाको ज्यान गयो, ३८ घाइते

Diyo post  

पर्वत, माघ ३ । पर्वतको कुश्मा नगरपालिका–१ मालढुंगामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

म्याग्दीको बेनीबाट नारायणगढतर्फ जाँदै गरेको ग १ ख ६१०८ नम्बरको सडकबाट करिब ६० मिटर तल खसि दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा ३८ जना घाइते भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।

दुर्घटनाका घाइतेहरुलाई जिल्ला अस्पताल पर्वत र बाग्लुङमा उपचार भइरहेको छ भने मृतकहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खबर