काठमाडौँ, माघ ३ । प्रधान न्यायधीश चोलेन्द्र शमशेर जबराले ३३ किलो सुनकाण्डका अभियुक्तहरुलाई छोड्न आदेश गर्ने पाँचजना न्यायधीशहरुलाई एकैचोटी कारवाही गरेका छन् ।
सुन प्रकरणमा प्रहरीले पक्राउ गरि मुद्धा चलाएका अभियुक्तहरुलाई धरौटी र सामान्य तारेखमा रिहाई गर्न आदेश दिने पाँच न्यायधीशहरुलाई मन्त्रीपरिषद सचिवालयमा तानिएका छन् ।
कारवाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण,सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । उच्च अदालतका न्यायाधीशहरुका एकैपटक यति ठूलो संख्यामा कारवाहीमा परेको सम्भवतः पहिलो पटक हो ।
प्रधानन्यायधीश जबराल गठन गरेको संयन्त्रले न्यायिक निगरानीका क्रममा गडबडी भेटिएपछि पाच जना न्यायधीशहरुलाई सामुहिक रुपमा तानिएको स्रोतले जनाएको छ ।
कारवाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण,सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल छन् । पाँच न्यायाधीशलाई काजमा झिकाउन सर्बोच्च अदालतबाट पत्र तयार भएको स्रोतले जनाएको छ ।
३३ किलो सुन तस्करी प्रकरणमा मोरङ जिल्ला अदालतले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । यसका साथै पेशी व्यवस्थामा समेत समस्या देखिएको न्यायिक निगरानी संयन्त्रले प्रधान न्यायाधीश राणा समक्ष सिफारिस गरेको स्रोतले जनाएको छ । यसअघि ललितपुर जिल्लाका एक न्यायाधीश पनि कारवाहीस्वरुप न्यायपरिषदमा तानिएका थिए ।