काठमाडौँ, माघ ३ । नायिका ऋचा शर्माले आफुलाई हृदयघात नभएको बताएकी छिन् । विहीबार विभिन्न संचारमाध्यमहरुले उनलाई हृदयघात भएको र नर्भिकको आइसियुमा राखेको खबरहरु आएपछि नायिका शर्माले आफुलाई हर्टएट्याक नभएको बताएकी हुन ।
सामाजिक संजाल फेसबुकमार्फत आफुलाई हृदयघात नभई सामान्य छाति दुखेको मात्र बताएकी छिन् । उनले सामाजिक फेसबुकमा लेखेकी छिन् , ‘मेरो ख्याल राख्नुहुने सम्पुर्णलाई धन्यवाद तर मलाई हर्ट एट्याक नभई सामान्य छातीको दुखाई मात्र भएको हो । सबै रिपोर्टहरु सामान्य नै छन् ।’