‘रञ्जु दर्शनामाथि बलात्कार प्रयास’को झुटो समाचार लेख्ने अनलाईनका अर्का सम्पादक पक्राउ

Diyo post  

काठमाडौँ, माघ ३ । विवेकशील नेपाली दलका नेतृ रञ्जु दर्शनाको चरित्र हत्या गर्ने किसिमको समाचार लेख्ने अर्का सम्पादक पक्राउ परेका छन् ।

विवेकशील साझाका संयोजक रविन्द्र मिश्रसंग जोडेर उनको चरित्र हत्या गर्ने समाचार सम्प्रेषण गर्ने अनलाईन पत्रिका ‘क्यापिटल हेडलाइन डटकम’का सम्पादक सुमन अधिकारी पक्राउ परेका हुन् ।

गोरखा जिल्लास्थित गण्डकी गाउँपालिका– ३ का अधिकारीलाई महानगरिय अपराध महाशाखाले काडमाडौँको नयाँबजारबाट पक्राउ गरेको हो ।

विहीबार साँझ पक्राउ परेका अधिकारीविरुद्ध विद्युतिय अपराध तथा कसुर ऐनअन्तर्गत अनुसन्धान गरि कारवाही प्रक्रिया अगाडी बढाइने महानगरिय अपराध महाशाखाले जनाएको छ ।

आफ्नो चरित्र हत्या गर्ने ढंगले भ्रमपुर्ण समाचार आएपछि रञ्जु दर्शनाले अपराध महाशाखामा उजुरी दिएकी थिईन् । रञ्जुले उजुरी दिएपछि मुक्तिखबर डटकमका सम्पादक श्याम रोकालाई पनि प्रहरीले यसअघि नै पक्राउ गरि कारवाही प्रक्रिया अगाडी बढाइसकेको छ ।

सम्बन्धित खबर