महिला टि–ट्वान्टी स्म्यास क्रिकेट: उपाधीका लागि नेपाल आज थाइल्याण्डसंग खेल्दै

Diyo post  

काठमाडौँ, माघ ३ । थाइल्याण्डमा जारि महिला टी–ट्वान्टी स्म्यास क्रिकेटको उपाधीका लागि आज नेपालले आयोजक टोली थाइल्याण्डको सामना गर्ने भएको छ । समुह चरणमा अपराजित हुँदै फाइनल पुगेको नेपाली टोली र थाइल्याण्डबिच दिउँसो १२ः१५ मा हुने छ ।

लामो समय उपाधीविहीन भएको नेपाली महिला क्रिकेट टोलीलाई उपाधी भित्र्याउने सुनौलो अवस सिर्जना भएको छ । फाइनलसम्म आउदा नेपाली महिला क्रिकेट टिमले सानदार प्रदर्शन गर्दै आएको छ । आफ्नो लयलाई नगुमाए नेपालले आजको खेल जित्ने सम्भावना छ तर घरेलु मैदान र दर्शकको साथ पाएको थाइल्याण्डलाई हराउन एक चुनौती पनि रहेको छ ।

समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो ।

यता, थाइल्याण्ड पनि अपराजित रहदै फाइनलमा पुगेको हो । सेमिफाइनलमा थाइल्याण्डले युएईलाई हराएर नेपालसंगको भेट पक्का गरेको थियो ।

नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा युएईलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड ुएु लाई ९ विकेटले हराएको थियो ।

सम्बन्धित खबर