डा. गोविन्द केसी समर्थककाे माइतीघरमा नाराः ‘एक, दुई, तीन, चार’, हामी मान्ने छैनौँ हार !

दियो पोस्ट  

काठमाडौँ, माघ ५ । अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीको समर्थनमा राजधानी काठमाण्डौमा प्रर्दशन गरिएको छ । सोलिडारिटी फर डाक्टर केसी अलायन्सको नेतृत्वमा राजधानीको माईतिघर मण्डलामा डाक्टर केसीका समर्थकले प्रर्दशन गरेका हुन् ।

प्रदर्शनमा सरकारका विरोधमा विभिन्न नाराहरु लगाएका छन् । ‘ओली सरकारको मन्त्री झुटतन्त्र’, ‘चरेशको थालमा मार्सीको भात, माफियाका ताँती ओली सरकारका साथी’, एक दुई तिन चार, हामी मान्ने छैनौ हार’ लगायत नारा लगाएका थिए ।

प्रदर्शनमा सहभागीहरुले सरकारले डा. केसीको मागलाई वास्ता नगरेको र चिकित्सा शिक्षा जस्तो संवेदनशील कुरालाई माफियाकरण गर्न लागेको आरोप लगाएका छन् । त्यस्तै शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा दिएको अभिव्यक्तिलाई लिएर पनि चर्को आलोचना गरिएको छ । प्रधानमन्त्री जस्तो व्यक्तिले पनि गैरजिम्मेवारपुर्ण जवाफ दिएको भन्दै उनको अभिव्यक्तिलाइ गलत मनसायबाट प्रेरित भएको आरोप लगाएका छन् ।

वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले वाईड विमान खरिद प्रकरणमा आफ्ना मन्त्रीलाई जोगाउन संसदीय समितिलाई दबाब दिने सरकारले आफैले गरेको सम्झौतालाई कार्यान्वयन गर्ने सवालमा संसदको सर्वोच्चताको कुरा गर्नु उपयुक्त तर्क नभएको बताएका छन् ।

सहमति कार्यान्वयको माग गर्दे इलाम पुगेर १६ औ सत्याग्रह सुरु गरेका डाक्टर केसीको स्वास्थ्य स्थिति विग्रदै गएपछि स्वास्थ्य मन्त्री उपेन्द्र यादवले पठाएको चिकित्सकहरुको टोलीले गरेको आग्रहमा डा. केसीलाई काठमाडौँ ल्याइएको छ ।