बम दिदीबहिनी न्याय माग्दै काठमाडौँमा, भन्छन्,– ‘चरित्र हत्या गर्नेलाई छोड्दैनौँ’

Diyo post  

काठमाडौँ, माघ ५ । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा जोडिएका बम दिदीबहिनी रोशनी बम र बविता बम राजधानी आइपुगेका छन् । आफुहरु कञ्चनपुरमा असुरक्षित भएको भन्दै उनिहरु शनिबार काठमाडौँ आइपुगेका हुन् ।

राजधानी आइपुगेका उनिहरुले संचारमाध्यमसंग कुरा गर्दै आफुहरुलाई मानवअधिकारकर्मी शारदा चन्द र मिना भण्डारीले आफुहरुलाई दैनिक धम्कि दिने गरेको बताएका छन् । उनीहरुले आफुहरुको चरित्र हत्या भएको तथा विनाकारण र विनाप्रमाण आफुहरुलाई निर्मलाको बलात्कार र हत्यामा जोडिएको प्रति दुख प्रकट गरेका छन् ।

उनिहरुले मानवअधिकारकर्मी शारदा चन्द मिना भण्डारीले मानवअधिकारको नाममा डलरको खेती गरेको समेत आरोप लगाएका छन् । मानवअधिकारकर्मीको आवरणमा कञ्चनपुरमा दंगा भड्काउने काम गरेको र निर्मलाका आमा बुवालाई अनावश्यक रुपमा उचालेर विदेशी डलर पोल्टामा पार्ने काम गरेको समेत आरोप लगाएका छन् ।

विभिन्न मानवअधिकारकर्मीहरुले बनाएको प्रतिवेदनमा हचुवाका भरमा आफुलाई बारमा काम गर्ने भनेर हल्ला चलाइएको र त्यसकै परिणाममा मिडिया र आम जनताहरुले आफुहरुलाई दोषी मानेको र त्यसैअनुसारको प्रतिक्रिया आएको तर आफुहरु निर्दोष रहेको उनिहरुले बताएका छन् ।

‘हामी पनि निर्मला नै हौँ, हाम्रो न्याय चाहीँ कसले गर्छ ?’ रोशनी बमले भनिन् , ‘एकजनाको लागि न्याय माग्दा हामी २ जनालाई ज्यूदैँ मारियो ।’ उनिहरुले निर्मला र उनकी आमाले पनि न्याय पाउनुपर्ने बताएका छन । स्कुल जान नपाइएको, आफन्तहरुलाई भेट्न नपाइएको तथा बाहीर कतै निस्कन नपाउँदा आफुहरुलाई निकै मानसिक तनाव भएको उनिहरुले बताएका छन् ।

बम दिदीबहिनीहरुमाथि प्रहरीले छानविन गरेतापनी उनिहरुविरुद्ध कुनैैपनि प्रमाण जुटाउन सकेनन् । आफुहरु निर्दोष हुँदा पनि दिनदिनै प्रताडना सहेर बाँचिरहेको र कञ्चनपुरमा बस्न नसक्ने स्थिति भएपछि आफुहरु काठमाडौँ आएको बताए ।

काठमाडौँ आउँदा पनि आफुहरुलाई तिनै मानवअधिकारकर्मी शारदा चन्द र मिना भण्डारीले पिछा गर्ने र मान्छे लगाउने गरेकोले आफुहरु सुरक्षित नभएको बताएका छन् । आफुहरु न्याय खोज्दै काठमाडौँ आएको र आफ्नो चरित्र हत्या गर्नेलाई त्यसै नछोड्ने समेत बताएका छन् ।

सम्बन्धित खबर