पूर्वसांसद तीर्थराज भुसाल काँग्रेस परित्याग गरि नेकपामा प्रवेश

Diyo post  

काठमाडौँ, माघ छ । नेपाली कांग्रेसका पुर्वसांसद तीर्थराज भुसाल कांग्रेस परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी प्रवेश गरेका छन् ।
नेकपाको पार्टीका कार्यलय धुमबाराहीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका हुन् । नेकपा प्रवेश गर्ने भुसाल नेपाली कांग्रेस चितवनका पुर्वसभापनि हुन् ।

भुसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति भएका थिए । त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी आयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए ।

नेकपा प्रवेश गर्दै भुसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्वको सरकार सक्षम रहेको बताए । उनले नेपाली कांग्रेसले मुलुकलाई विकास र समृद्धीको बाटोमा हिँडाउन नसक्ने समेत बताएका छन् । जनताको मुक्ति, जीवनशैली र दुरगामी परिवर्तनको जिम्मेवारी नेकपाले निभाउन सक्ने बताउँदै उनले आफ्ना कार्यकर्ताहरुलाई समेत नेकपाको छातामुनी गोलबन्द हुन आग्रह गरेका छन् ।

सम्बन्धित खबर