इंग्लिस प्रिमियम लिगको शीर्षस्थानमा लिभरपुल ७ अंकले , म्यानचेस्टर ५ अंकले अग्रता

Diyo post  

लिभरपुलले इंग्लिस प्रिमियम लिगको शीर्षस्थानमा ७ अंकले अग्रता लिएको छ । घरेलु मैदान एन्डफिल्डमा क्रिस्तिल प्यालेमाथि ४-३ को रोमान्चक जित निकाल्दै लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीबिरुद्ध ७ अंकले दुरी बढाएको छ । यद्दपि साबिक विजेता सिटीले एक खेल कम खेलेको छ । लिभरपुलले २३ खेलबाट ६० अंक जोडेको छ । सिटीको २२ खेलबाट ५३ अंक प्राप्त गरेको छ ।

सलाहको २ गोल
प्यालेसमाथि जित निकाल्दा लिभरपुलका स्ट्राइगर मोहमद सलाहले २ गोल गरे । साडियो माने र रोबर्टो फिर्मिनोले १-१ गोल गरे । यता प्यालेसबाट टाउन्सेड, टोम्किम्स तथा मेयरले १-१ गोल हाने । प्यालेसको खेलको ३४ औं मिनटेमा १-० ले अग्रता लिएको थियो । खेलको ४६ औँ मिनेटमा सलाहले पेनाल्टी गोल गर्दा १-१ को अबस्थामा रहेको हो ।

म्यानचेस्टर विजयी
म्यानचेस्टर युनाइटेडले लगातर छैटौँ जित निकाल्ने क्रममा ब्रिघटनलाई २-१ ले पाखा लगाएको हो । युनाइटेडको जितमा पाउल पोग्बा र रस्फोर्डले १-१ गोल गरे । जितसँगै युनाइटेड पाँचौ स्थानमा उक्लेको छ । युनाइटेडले जम्मा २३ खेलबाट ४४ अंक जोडेको छ ।

सम्बन्धित खबर