प्रधानमन्त्रीसहित १७ जनाको टोली स्वीजरल्याण्ड जाँदै, कोको छन् टोलीमा

प्रधानमन्त्रीसहित १७ जनाको टोली स्वीजरल्याण्ड जाँदै, कोको छन् टोलीमा

काठमाडौँ, माघ ६ । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार बेलुका स्वीजरल्याण्ड प्रस्थान गर्दै छन् । स्वीजरल्याण्डको डाबोसमा हुने विश्व आर्थिक सम्मेलनमा सहभागी हुनका लागि प्रधानमन्त्री ओलीसहित १७ जनाको प्रतिनिधिमण्डल स्वीजरल्याण्ड जान लागेका हुन् ।

प्रधानमन्त्रीसहितको प्रतिनिधिमण्डल बेलुका ८ः५० को फ्लाइट बाट स्वीजरल्याण्ड जाने छन् ।माघ ८ गतेबाट शुरु हुने विश्व आर्थिक सम्मेलन सक्काएर प्रतिनिधिमण्डल माघ १२ गते नेपाल फर्किने छन् ।

सो टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, प्रधानमन्त्री प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा। राजन भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत १७ सदस्य सहभागी रहने बताइएको छ ।

यो फोरमको सम्मेलनमा नेपालका तर्फबाट पहिलोपटक प्रधानमन्त्री सहभागी ओली हुन लागेका हुन् । सम्मेलनबाट विदेशी लगानी भित्रयाउँन सहयोग पुग्ने नेपाली पक्षको विश्वास छ ।

Facebook Comments

Trending News