काठमाडौँ, माघ ६ । ओखलढुंगाको घोराखरीबाट काठमाडौंतर्फ जाँदै गरेको अरनिको यातायातको बा ४ ख ४२१० नम्बरको बस ब्रेक फेल भई आइतबार अपरान्ह्र दुर्घटनामा परेको हो।
दुर्घटनामा परी १ जनाको मृत्यु र आधा दर्जन घाईते भएको हो ।
ओखलढुंगा चम्पादेवी गाउँपालिका ६ का ओम कार्कीको दुर्घटनामा परी मृत्यु भएको प्रहरीले बताएको हो।
खचाखच यात्रु बोकेर हिँडेको बस मच्छेडाडीको ओरालोमा ब्रेक फेल भइ अनियन्त्रित बनेपछि चालकले यात्रु बचाउनका लागि मुख्य सडकबाट शाखा सडकको उकालोबाट गाडी लाने तर्फमा बस अनियन्त्रित भइ पल्टिएको बताइएको छ ।
बसका चालकले सावधानी नपनाएको भए ठूलै मानविय क्षति हुने घटनास्थलको प्रकृतिले देखाएको छ। घाइतेहरूको सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा परी गम्भीर घाइते बनेका आधा दर्जन बढी घाइतेलाई एम्बुलेन्समार्फत काठमाडौं पठाइएको छ। सामान्य अवस्थामा रहेका हरुको भने मन्थलीमा नै उपचार भइरहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।