सातै प्रदेशमा अपाङ्गता भएकाहरुका लागि विशेष विद्यालय स्थापना गर्ने सरकारको तयारी

Diyo post  

काठमाडौँ, माघ ६ । सरकारले सातै प्रदेशमा अपाङ्गता भएकाहरुका लागि विशेष विद्यालय स्थापना गर्ने तयारी गरेको छ ।

संघीय संसद, प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको आईतबार बसेको बैठकमा महिला बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह सचिव वीर बहादुर राईले शिक्षा विज्ञान तथा प्रविधि मत्रालयबाट सातै प्रदेशमा विशेष विद्यालय स्थापनाका लागि जग्गा खोज्ने काम सुरु गरेको बताएका छन् ।

अपाङ्गगता सम्बन्धि विद्यमान अवस्थाका बारेमा संसदीय समितिलाई जानकारी गराउदै उनले सरकारको आफ्नै पुर्नस्थापना केन्द्र हुन नसक्दा केही समस्या देखिएपनि विस्तारै केन्द्र स्थापनाको लागि पनि पहल भईरहेको बताए । उनले अपाङ्गताको प्रकृति अनुसारको प्राविधिक व्यवस्थापनको पक्ष सोचे भन्दा बढी महंगो हुने भएको र मन्त्रालयसंग सिमित स्रोत साधन भएका कारण तत्काल सबै पक्ष सुधार ल्याउन नसकिएको बताए । ब्रेललिपीलाई सातै प्रदेशमा प्रभावकारी
रुपमा सचालनमा ल्याउने विषयलाई सरकारले प्राथमिकतामा राखेको पनि उनले बताए ।

राष्ट्रिय अपाङ्ग महासंघका पदाधिकारीहरुले निर्वाचन ऐन लगायतमा सरकारले अपाङ्गता भएकाहरुका लागि विशेष व्यवस्था नगरेको गुनासो गरेका थिए । उनीहरुले अपाङ्गता भएकाहरुका लागि सरकारी पुर्नस्थापना केन्द्र निर्माणमा ढिलाई भईरहेको भन्दै त्यसतर्फ गम्भीर बन्न आग्रह गरेका थिए ।

सम्बन्धित खबर