काठमाडौँ, माघ ६ । संवैधानिक परिषदले विभिन्न पाँचवटा निकायमा अध्यक्षको सिफारिस गरेको छ ।
संवैधानिक परिषदको आइतबारको वैठकले पुर्वसचिव बालानन्द पौडेललाई प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा सिफारिस गरेको छ ।
त्यस्तै राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारी सिफारिसमा परेका छन्।
संवैधानिक परिषद्को सिफारिससँगै अब सिफारिसमा परेकाहरूको संवैधानिक सुनुवाई अघि बढ्नेछ । संवैधानिक सुनुवाईको प्रक्रियापछि मात्र आयोगका अध्यक्ष तथा सदस्यहरूको नियुक्त हुने व्यवस्था छ ।