सन्दीप लामिछाने आज स्वदेश फर्कने

Diyo post  

काठमाडौँ, माघ ७ । अस्ट्रेलियन क्रिकेट लिग बिग बास र बंगलादेशमा जारि बंगलादेश प्रिमियर लिगबाट सनसनी फैलाउन सफल भएका नेपाली लेग स्पिनर सन्दीप लामिछाने आज नेपाल आउने भएका छन् ।

नेपाली राष्ट्रिय टोलीको युएई भ्रमणका लागि सन्दीप सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल उत्रने छन् । नेपाली राष्ट्रिय टोली मंगलबार यूएई जाँदै छ । एकसाताका लागि भ्रमणमा रहने नेपाली टोलीले त्यहाँको घरेलु टोलीसंग टी–ट्वान्टी र एकदिवसिय सिरिज खेल्ने छ । त्यसमा सहभागी हुनका लागि सन्दीप अपराह्न १ः२५ मा एयर बंगलाबाट नेपाल आउने छन् ।

बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेलेका सन्दीपले खेलेका ४ खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले बिग बासको ४ खेलमा ८ विकेट लिन सफल भएका थिए ।

यस्तै सिलेट सिक्सर्सबाट बीपीएल खेलेका सन्दीपले ६ खेलमा ४ विकेट लिन सफल भएका थिए ।

सम्बन्धित खबर