डा. केसी सरकार असफल बनाउने षड्यन्त्रका मतियार हुनः विद्यार्थी नेता पराजुली

Diyo post  

काठमाडौँ, माघ ७ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सचिव सुदेश पराजुलीले प्रा.डा गोविन्द केसीलाई नियोजित रुपमा प्रयोग गरिएको आरोप लगाएका छन् ।

काकरभिट्टा बहुमुखी क्याम्पस कमिटीले आयोजना गरेको वृहत सास्कृतिक कार्यक्रममा बोल्दै सचिव पराजुलीले कम्युनिस्ट सरकारलाई असफल बनाउनको लागि नियोजित रुपमा डा. केसीलाई प्रयोग गरिएको बताएका छन् । उनले एक जना ब्यक्तिले राज्यलाई बन्धक बनाएर आफु अनुकुल निर्णय गराउन नसक्ने बताउँदै गोविन्द केसीको अनसनको विरोध गरेका छन् ।

त्यस्तै नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडीमा भएको भ्रष्टाचार प्रकरणमा कांग्रेस सभापती शेर बहादुर देउवालाई समेत छानविनको दायरामा ल्याउनुपर्ने बताएका छन् । चरम भ्रष्टाचार भएको भनिएको वाइडबडि खरिद प्रस्तावको समयदेखि नै छानविन हुनुपर्ने बताएका छन् ।

अनेरास्ववियु क्याम्पस कमिटीले गरेको सो कार्यक्रममा श्रीकृष्ण लुइटेल, डम्बर नेपाली, तथा रुपेश पराजुली लगायतका कलाकारहरुले बेजोड प्रस्तुती दिएका थिए भने क्याम्पस प्रमुख र अनेरास्ववियुका केन्द्रिय सदस्य मिलन राई लगाएतले मन्तव्य राखेका थिए ।

सम्बन्धित खबर