काठमाडौँ माघ ७ । नेपाली चलचित्र क्षेत्रको सशक्त अभिनय र वजनदार आवाजका धनि वरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । केही समयदेखि वीरअस्पतालमा उपचार गरीरहेका मुनालको सोमबार बिहान निधन भएको हो । उनको निधनको कारण भनेखरलेको छैन ।
लामो समयदेखि अस्वस्थ मुनालको निधन भएको अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले पुष्टी गरेकी छन् । काठमाडौं महाङ्कालका निवासी मुनालले दर्जनौं नेपाली फिल्ममा अभिनय गरेका छन् । अहिले उनको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्तिम श्रदाञ्जलीका लागि राखिएको छ ।
उनले धेरै चलचित्र हरुमा अभिनय गरेका छन् जसमध्य केही चर्चित चलचित्र हरु ‘लभ लभ लभ’, ’एक पल’, ’शिरीषको फूल’, ‘दिदी भाई’, सेतो बाघ’ लगायत थुप्रै नेपाली चलचित्र, साना पर्र्दाका चलचित्र र केही विज्ञापन चलचित्रमा समेत अभिनय गरेका थिए । मुनाल भर्खरै अभिनित फिल्म ‘गोपी’ १८ माघ प्रदर्शनमा आउँदैछ ।