पत्नीसँग डिभोर्स भएको एक महिनामै रवि लामिछानेले निकितालाई भित्र्याए

Diyo post  

काठमाडौँ, माघ ७ । वैवाहिक स्थिति र पारिवारिक कारणले विवादित बनेका संचारकर्मी रवि लामिछाने पुनः वैवाहिक वन्धनमा बाँधिएका छन् ।

पुर्वपत्नी इशा लामिछानेसँग सम्वन्ध विच्छेद भएको एक महिना नपुग्दै रविले चलचित्र विकास बोर्डका अध्यक्ष रहेकी निकिता पौडेलसँगे सोमबार विहे गरेका हुन् । रविले सामाजिक संजाल फेसबुकमार्फत निकिता र आफुले काठमाडौँ जिल्ला अदालतबाट कानुनी विहे गरेको सार्वजनिक गरेका छन् ।

रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो। रवि केही समयदेखि पत्नीसँगको डिभोर्स र निकितासँगको सम्बन्धका विषयलाई लिएर सोसल मिडियामा ‘हट टपिक’ बनेका थिए।

रविले आफ्नी श्रीमती इशा लामिछानेसंग पारपाचुके गरि पौडेलसंग सम्वन्ध गाँसेका हुन् । संचारमाध्यमहरुले रवि र निकिताको बारेमा पछिल्लो समय नकारात्मक र विवादास्पद कुराहरु लेख्न थालेका थिए । उनले पनि यसको बारेमा फेसबुकमा उल्लेख गर्दै मानसिक यातना हुनेगरि सँचारमाध्यममा समाचार आएको र त्यसबाट पनि आफुहरुलाई एकअर्कासँग नजिक बनाएको बताएका छन् ।

यता पुर्वपत्नी इशाले भने निकितासँगकै सम्वन्धका कारण आफुलाई बारम्बार सम्बन्ध विच्छेद गर्न दवाव दिएको समेत बताएकी थिईन । रविसँगै निकिताले समेत सामाजिक सँजालमार्फत आफुलाई रविको साथ छोड्न दबाव दिएको बताएकी थिईन ।

रविले निकितासँग परम्परागत विहे आगामी वैशाखमा गर्ने समेत घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, व्यक्तिगत जीवनले नयाँ मोड लिएको छ । एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतीमा आज निकिता पौडेल जी र मैले कानुनी रुपमा काठमाडौं जिल्ला दालतमा बिवाह दर्ता गरेका छौँ। यो निर्णय यति छिटो गर्ने योजना नै थिएन। तर हामी दुबै प्रति जसरी मानसिक यातना नै हुने गरि अनवरत समाचार र खोजबीन चल्यो त्यसले हामीलाई एक अर्काको निकै खाँचो पर्यो। हामी समस्त दर्शक शुभ चिन्तक,परिवार इस्टमित्रहरु बाट एउटै मात्र कुरा चाहन्छौ, आशिर्वाद। परम्परागत रुपमा हामी आउँदो बैशाखमा बिवाह गर्ने छौँ। यो हाम्रो नितान्त ब्यक्तिगत जीवन हो। कसैको चर्चा, आलोचना, सुझाव, ब्याख्यामा हामी अटेनौ भने हामीलाई माफ गर्नु होला। हाम्रो भोगाई र तपाईंको सोचाइ नमिल्न सक्छ। हामी दुबैजना यो निर्णयबाट एकदमै खुशी छौ। र हामी सबैबाट हाम्रो सुखद दाम्पत्य जीवनकालागि शुभ कामना मात्र चाहन्छौ।

सम्बन्धित खबर