पत्रकारलाई न्युनतम पारिश्रमिक नदिए सञ्चारगृह कारबाहीमा पर्ने

Diyo post  

काठमाडौं, माघ ८ । पत्रकार र कर्मचारीलाई न्युनतम पारिश्रमिक नदिने सञ्चारगृहलाई सरकारलले सेवा तथा सुविधाबाट बञ्चित गराउने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमवार सूचना विभाग, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई अलगअलग पत्रमार्फत न्यूनतम पारिश्रमिक लागु भए–नभएको विवरण माग गरेको छ ।

कात्तिक १ देखि लागू भएको पत्रकारहरुको न्यूनतम पारिश्रमिक कार्यान्वयन भए–नभएको जानकारी मागिएको सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

सरकारले कात्तिक १ देखि लागू हुने गरि राष्ट्रियस्तरका सञ्चार माध्यममा कार्यरत पत्रकारको न्यूनतम पारिश्रमिक मासिक २४ हजार ३ सय तोकेको छ ।

श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न र न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउन मन्त्री बास्कोटाले सरोकारवाला संस्थालाई पत्राचार गरको मन्त्रालयले जनाएको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिलाई तत्काल अनुगमन गर्न समेत सञ्चारमन्त्री बाँस्कोटाले निर्देशन दिएका छन् ।
सरकारले हरेक सञ्चारगृहले पत्रकारको आधारभूत तलब भत्ताबाहेक २४ हजार ३ सय रुपैयाँ सम्बन्धित व्यक्तिको बैंक खातामा गएको हुनुपर्ने भनेको छ ।

बेसिक तलब २४ हजार ३ सय नदिने सञ्चार गृहलाई कारवाहीको दायरमा ल्याउनसमेत सरकारले प्रेस काउन्सिल र सूचना विभागलाई भनेको छ ।

सम्बन्धित खबर