बच्चा नजन्माएको भन्दै महिलालाई जिउँदै चित्तामा राखेर जलाउने प्रयास

Diyo post  

काठमाडौं, माघ ८ । भारतमा एक महिलालाई बच्चा नजन्माएको भन्दै जिउँदै चित्तामा राखेर जलाउने प्रयास भएको छ ।

बिहारको भोजपुर जिल्लाको सारीपुर गाउँकी २५ वर्षकी महिलालाई जिउँदै जलाउने प्रयास भएको पीडीत महिलाकी भाई गणेश ठाकुरलले बताएका हुन् ।

गाउँको नजिकै रहेको सोन नदी किनारमा महिलालाई कुटपिट गरेपछि उनलाई चितामा राखेर जलाउने प्रयास भएको भारतीय संचाारमाध्यमले जनाएको छ ।

ती महिलाका भाइ ठाकुरले स्थानीय पत्रिका प्रभात खबरसँग दिदीलाई परिवारका सदस्यले सन्तान नजन्माएको भन्दै कुटपिट गर्दै आएको बताएका छन्।

सोमबार नदी किनारमा कुटपिटपछि महिला बेहोस भएको र त्यसपछि चितामा राखेर जलाउन खोजिएको प्रिभात खबरले लेखेको छ ।

पीडित महिलाको सन्देश रेफरल अस्पतालमा उपचार भैरहेको छ । एजेन्सीको सहयोगमा ।

सम्बन्धित खबर