अमेरिकी राष्ट्रपतिका लागि ह्यारिसको उमेदवारी घोषणा, यस्ता छन् उनका प्राथमिकता

Diyo post  

काठमाडौं, माघ ८ । अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि अमेरिकी सिनेटर कमला ह्यारिसले उमेदवारी घोषणा गरेकी छिन् ।

अमेरिकी मूल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नुपर्छ भन्ने पक्षमा उभिँदै उनले डेमोक्रेटिक पार्टीतर्फबाट उम्मेदवारी घोषणा गरेकी हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।
सान फ्रान्सिस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि रहीसकेकी ह्यारिसले दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित भएर काम गरेकी छिन् ।

अमेरिकामा झन्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुन लागेको हो ।

अन्य उमेदवारहरुले पनि उमेदवारी घोषणा गर्ने क्रम जारी छ । एजेन्सी

सम्बन्धित खबर