आईसीसी वर्ष खेलाडीको उपाधि विराट कोहलीलाई

Diyo post  

एजेन्सी । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली (आईसीसी वर्ष खेलाडी) घोषित भएका छन् ।

अन्तराष्ट्रिय क्रिकेट परिषद ९आईसीसी० ले मंगलबार सार्वजनिक गरेको अवार्ड कार्यक्रममा कोहली वर्षको उत्कृष्ट खेलाडी चुनिएका हुन् ।

कोहली वर्षको उत्कृष्ट खेलाडी बन्दै सर ग्यारफिल्ड सोबर्स ट्रफी आईसीसी पुरुष क्रिकेटर अफ दि इयर घोषित भए । यस्तै कोहलीले २ फर्म्याटको क्रिकेटमा पनि वर्ष खेलाडीको उपाधि चुमेका छन् ।

कोहली आईसीसी टेष्ट क्रिकेटर अफ दि इयर र आईसीसी वन डे क्रिकेटर अफ दि इयर घोषित भएका छन् । भारतलाई यसै वर्ष ७२ वर्षपछि अष्ट्रेलियाविरुद्ध टेष्ट सिरिज जिताउन सफल कोहली पहिलो पटक टेष्ट क्रिकेटर अफ दि इयर घोषित भएका हुन् ।

सम्बन्धित खबर