धादिङको धुवाकोटमा खुकुरी प्रहार गरि भतिजले गरे काकीको हत्या (फोटोसहित)

Diyo post  

धादिङ, माघ ८ । भतिजोको खुकुरी प्रहारबाट घाँस लिन गएकी नीलकण्ठ नगरपालिका–१४ धुवाकोट, रातमाटेकी एक महिलाको मंगलबार बिहान (आज) खुकुरी प्रहार गरि हत्या भएको छ । ।

बस्तुलाई घर बाहिर निस्किएकी २५ वर्षीया मोनिका आले मगरको खुकुरीले हानेर हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक श्यामकुमार महतोले बताउनुभयो ।

घासकाट्न घरबाट निस्किएको केही बेरमा घर नजिकै आलुबारीमा भतिजो नाता पर्ने १६ वर्षीय सुमन आलेमगरले खुकुरीले हानेर हत्या गरेको मृतकका ससुरा नरबहादुरले बताए । भतिजो ले सोमबार दिउँसो राती समेत गाउँमा एक जना बोक्सी काट्ने योजना सुनाउँदै हिडेको र मंगलबार बिहान काकी नाता पर्ने मोनिकाको खुकुरीले हानेर हत्या गरेको मृतकका ससुरा नरबहादुरले बताउनुभयो ।

गाउँबासीले महिलालाई खुकुरीले जथाभाबी काटेको देखेपछि गाउँबासी उद्धारका लागि गएका थिए । गाउँबासी घटनास्थल पुग्दा आरोपित सुमन फरार भएका छन् भने मोनिकाको स्वास नली काटिएर मृत्यु भएको थियो ।

घटनाको अनुसन्धान सुरु गरिएको र आरोपितको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

शब जिल्ला सदरमुकाम लगिएको छ । मृतकको एक ५ वर्षीया छोरी छिन् भने उनका पति नेपाली सेनामा कार्यरत छन् ।

सम्बन्धित खबर