प्रचण्ड परिवारका सदस्य अस्वस्थः प्रचण्डको घरमा उपचार हुँदै, पत्नी सीता र बुहारी विना सुमेरु अस्पतालमा

Diyo post  


काठमाडौँ, माघ ८ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको परिवारमा मौसमी फ्लुले आक्रमण गरेको छ । परिवारका तीन जना सदस्यहरु प्रचण्ड, सीता र वुहारी विना मगर विरामी परेका छन् ।

प्रचण्डलाई सामान्य रुघा र ज्वरो आएको कारण उनको निवासमै उपचार भइरहेको बताइएको छ । उनलाई चिकित्सकहरुले निगरानीमा राखेका छन् । उनकी पत्नी सीता दाहाललाई यसअघि नै अस्पतालमा भर्ना गरिसकेको छ । उनलाई धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको छ ।

उनमा ज्वरो आउने तथा छातीमा संक्रमणसहितका समस्या देखिएकाले अस्पतालमा राखेर उपचार गरिएको प्राध्यापक डा। युवराज शर्माले जानकारी दिएका छन् । सीता दाहालको स्वास्थ्यमा सुधार हुँदै गएको प्रचण्ड परिवारका चिकित्सक रहेका डा. शर्माले बताए ।

सीताको स्वास्थ्यमा सुधार भइरहेका बेला प्रचण्डकी बुहारीसमेत रहेकी खानेपानी मन्त्री बिना मगरको स्वास्थ्यमा समस्या देखिएको छ । केही दिनदेखि फ्लुले संक्रमित भएकी मन्त्री मगरको स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार अस्पताल भनाई गरियो ।


सुमेरु अस्पतालमा उपचाररत खानेपानी मन्त्री बिना मगर । तस्बिर : मन्त्री बिना मगरको निजी सचिवालय

सीताको उपचार भइरहेकै धापाखेलको सुमेरु अस्पतालमा बिनालाई भर्ना गरिएको छ । सीतालाई आइसियुमा राखेर उपचार गरिएको छ भने मन्त्री मगरलाई सामान्य वार्डमा राखेर उपचार गरिएको छ।

डा‍‍‍. शर्माले प्रचण्ड परिवारका अरु सदस्यलाई घरमै गएर उपचार गरिरहेको बताएका छन् । प्रचण्डका नातिनातिना पनि बिरामी रहेका छन् । केही सन्चो हुने क्रममा छन् भने केहीलाई संक्रमणले दुःख दिने क्रम बढ्दो छ ।

सम्बन्धित खबर