साँढे २४ लाख हिनामिना गरेको भन्दै धादिङ खनियावास गाउँपालिकाका लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा

Diyo post  

काठमाडौँ, माघ ८ । धादिङको खनियावास गाउँपालिकाका लेखापाल शिवहरि ढकालविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

ढकाल न्याय परिषद सचिवालयमा कार्यरत हुँदा २४ लाख ४६ हजार २ सय १२ रुपैँया हिनामिना गरेको भन्दै अख्तियारले मुद्धा दायर गरेको हो । सचिवालयमा काम गर्दा तलबी भरपाईको जोडजम्मामा फरक पारी खर्च लेखेको र आर्थिक बर्ष ०७२÷०७३ को लेखापरिक्षण प्रतिवेदनमा १६ लाख ४७ हजार ९ सय ६५ असुल गरिएको देखिएको थियो ।

न्याय परिषद सचिवालयमा कार्यरत रहँदा लाख छयालीस हजार दुई सय बाह्र रूपैयाँ साठी पैसा बराबरको सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियतसाथ सो रकम झिकी हिनामिना, हानिनोक्सानी, दुरुपयोग गरी निजी प्रयोगमा लगाएको देखिएकोले सोही बराबरको विगो दावि गर्दै अख्तियारले मुद्धा दायर गरेको छ ।

सम्बन्धित खबर