काठमाडौँको गोंगबुमा गोली चल्यो, प्रहरीमाथि आइलाग्ने व्यक्ति पक्राउ

Diyo post  

काठमाडौँ, माघ ८ । काठमाडौँको गोंगबुमा प्रहरीले गोली चलाएको छ । हतियारको अवैध कारोबार भएको भन्ने सुचनाको आधारमा छापा मार्न गएको प्रहरीमाथि नै आक्रमणको प्रयास भएपछि प्रहरीले जवाफी गोली चलाएको हो ।

प्रहरीले चलाएको उक्त गाली लागि अभिलाश तामाङ घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । गोली लागेर घाइते भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले उनको साथबाट ६ राउण्ड गोलीसहित लोडेड पेस्तोल बरामद गरेको जानकारी महानगरीय प्रहरी परिसरले जनाएको छ ।

सम्बन्धित खबर