सरकारविरुद्ध नेविसंघको १६ प्रश्न, वुधबार माइतीघरमा वृहत प्रदर्शन

दियो पोस्ट  

काठमाडौँ, माघ ८ । नेपाल विद्यार्थी संघले भोलि (बुधबार) माइतीघरमा वृहत प्रदर्शन गर्ने भएको छ । सदन र सडक दुबै तताउने पार्टीको नीतिअनुसार नेविसंघले वुधबार सरकारविरुद्ध प्रदर्शन गर्न लागेको हो ।

नेविसंघले विशेषगरि निर्मला पन्त र डा. गोविन्द केसीको बारेमा सरकारविरुद्ध आन्दोलन गर्ने बताएको छ । सरकारले पछिल्लो समयमा बहुमतको आडमा आफुनिकटको निर्णय गर्दै गएको प्रतिपक्ष र जनताको हितमा काम नगरेको भन्दै नेपाली कांग्रेसले सदन र सडक दुबै ठाउँबाट सरकारलाई दबाव दिने कार्यक्रम बताएको छ ।

नेविसंघका अध्यक्ष नैनसिंह महर कम्युनिष्ट सरकारसँग १६ प्रश्नको उत्तर खोज्दै प्रदर्शन गरेका छन् । उनले प्रदर्शनमा भाग लिनका लागि सम्पुर्ण नेविसंघमा आवद्द विद्यार्थी र शुभचिन्तकहरुलाई सामाजिक सँजालमार्फत निमन्त्रणा समेत गरेको छ ।

के छ नेविसंघले सरकारलाई सोधेको प्रश्नमा ?

नेविसंघले सरकालाई सोध्ने प्रश्नहरुको लिस्ट बनाएको छ । जसमा १६ वटा प्रश्नहरु समावेश गरिएको छ । प्रश्नमा ३३ किलो सुनकाण्ड, निर्मला हत्याकाण्ड, गोविन्द केसीको अनसन र उनले राखेका मागको सम्वोधनदेखि सिण्डीकेट, वाइडबडी प्रकरण, सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरिएका विषयहरुसम्म उठान गरिएको छ । यस्ता छन् सरकारविरुद्ध नेविसंघले उठाएका १६ प्रश्न

– नेपाली कांग्रेसको सरकारले र डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्ने गरी ल्याएको चिकित्सा शिक्षा विधेयक किन फेरियो? 

– निर्मलाका हत्यारालाई सरकारको संरक्षण किन? 

– ३३ किलो सुन काण्डका अपराधी कता लुकायौ? 

– वाइडबडी घोटालाका दोषीको संरक्षण किन?

– पूर्वप्रधानमन्त्री गिरिजा प्रसाद र शुसिल कोइरालाको नाममा स्थापना हुन लागेका स्वास्थ्य संस्थालाई किन खारेज गर्न जोजिदै छ?


– दैनिक उपभोग्य बस्तुमा ३००% भन्दा बढी मूल्य बृद्धि किन?


– चिनिमा भएको अर्बौ भ्रष्टाचारको छानविन कैले हुन्छ?


– कांग्रेस सरकारको पालामा ल्याएको सामाजिक सुरक्षा कार्यक्रम कटौती किन?


– राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना विदेशीलाई किन?


– यातायातको सिन्डिकेट नहटाउन कति कम्ल्यायौं?


– प्राज्ञिक थलो विश्वविद्यालयमाथि सरकारी हस्तक्षेप किन?


– नेविसंघको आन्दोलनबाट प्राप्त उपलब्धि विद्यार्थीको सर्टिफिकेट धितो राखेर विना ब्याज ऋणको ब्यवस्था किन लागु भएन?


– शिक्षामा २०% बजेटको ब्यवस्था किन भएन?


– माध्यामिक शिक्षा निशुल्कको संवैधानिक ब्यवस्था कहिले लागु हुन्छ?


– विद्यार्थीका लागि निशुल्क स्वास्थ्य बिमा किन कार्यान्वयन भएन?


– स्ववियु निर्वाचनको कार्यतालिका किन प्रकाशित हुँदैन?