डडेलधुरामा चट्याङ लागेर एक विद्यार्थीसहित २ जनाको मृत्यु, ४ घाइते

Diyo post  

काठमाडौँ, माघ ९ । डडेलधुरामा चट्याङ लागेर दुई विद्यार्थीको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–४ गनेडाकी रोशनी देउवाको मृत्यु भएको हो । स्थानिय भुवनेश्वरी माध्यमिक विद्यालयको कक्षाकोठामा पढ्दै गर्दा चट्याङ लागेर घाइते भएकी देउवाको उपचारका क्रममा जिल्लाको उपक्षेत्रिय अस्पतालमा मृत्यु भएको हो ।

यस्तै, आलिताल गाउँपालिकाकै–५ भित्रीसैनमा पनि चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

मृत्यु हुनेमा आलिताल गाउँपालिका–३ बागथलाका ३० वर्षीय हर्कबहादुर थापा रहेको प्रहरीले बताएको छ। थापाको घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको प्रहरी ले जनाएको छ । घाइते हुनेमा मानबहादुर विष्ट, गोमती, मनिसा भण्डारी र हरिना भण्डारी विष्ट रहेका छन्। चारैजनालाई उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल लगिएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर