मेलम्चीको बाँकी काम नेपाली सेनालाई दिइने सरकारको तयारी, अझै २ अर्ब खर्च हुने

Diyo post  

काठमाडौँ, माघ ९ । इटालियन कम्पनी सिएमसी भागेर हिँडेपछि बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम नेपाली सेनालाई दिइने भएको छ । करिब ९७ प्रतिशत काम सक्किसकेको मेलम्चीको बाँकी काम नेपाली सेनालाई दिइने तयारी थालिएको हो ।

बिचमा काम छोडेर गएको इटालियन ठेकेदार कम्पनी सिएमसीसँग सरकारले ठेक्का रद्ध गरेको घोषणा गरिसकेको छ । केही कानुनी प्रक्रिया बाँकी भएपनि सोही ठेकेदार कम्पनी आउने सम्भावना नभएको र सरकारले बाँकी कामलाई तीब्रताका साथ अगाडी बढाउने लक्ष्यसहित नेपाली सेनालाई परियोजनाको जिम्मा दिइएको खानेपानी मन्त्रालय स्रोतले बताएको छ ।

तीन प्रतिशत बाँकी रहेकोमा अर्को ठेकेदार कम्पनीलाई दिइँदा काममा ढिलाई हुने तथा विभिन्न प्रक्रियाहरुसमेत पुर्याउनुपर्ने र अनावश्यक झण्झट हुने भन्दै सरकार आफैले निर्माण प्रक्रिया शुरु गर्न लागेको हो ।

परियोजना निर्माणका लागि अझै दुई अर्ब रुपैयाँ लाग्ने र नेपाली सेनालाई परियोजनाको जिम्मेवारी दिँदा एडिबीलाई लत्याउनुपर्दछ । सरकारले के निर्णय लिन्छ भन्ने बारे अहिल्यै खुलाउन नसकिने तर सरकारले गरेकै निर्णयको आधारमा मेलम्चीको बाँकी काम पुरा गर्ने खानेपानी मन्त्रालय स्रोतले बताएको छ । आगामी माघ १९ गतेसम्म सिएमसीलाई दिइएको म्याद नसकिएको र अहिल्यै सरकारले कुनै पनि निर्णय नगरि केबल छलफल मात्र चलाइरहेको बताइएको छ ।

सम्बन्धित खबर