काठमाडौं, माघ १० । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेकपाले प्रधानन्यायधिसलाई तर्साएर न्यायलयमाथी कब्जा जमाउन खोजेको आरोप लगाएका छन् ।
नियुक्तीका लागी सिफारिस भएकै दिन नेकपाका सांसदहरुले उहॉमाथी महाअभियोग पनी लाग्न सक्छ भनेर प्रधानन्यायधिसलाई मनोबैज्ञानिक त्रासमा राख्न खोजेको बताए ।
प्रधानमन्त्री केपी ओली सत्ता र शक्तीको भोको भएको पनी उनले बताए ।
नेपाली कांग्रेस कैलाली क्षेत्र नं २को सम्मेलनलाई लम्कीमा संबोधन गर्दै डा कोइरालाले गएका निर्वाचनहरुमा योगदानको मुल्यांकन आधारमा टिकट बितरण गर्न नसकेकोमा आफुलाई क्षमा गर्न पनी आग्रह गरे ।
गिरोहमुक्त बनाएर उत्कृष्ट दल बनाउॅन आफुले कुनै कसर बॉकी नराख्ने प्रतिबद्धता जनाउॅनुहुदै डा कोईरालाले त्यसका लागी आफुलाई सात नम्बर प्रदेशका कार्यकर्ताको साथ र समर्थनको खॉचो रहेको बताए ।
कांग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले अहिलेको नेतृत्वबाट पार्टी रुपान्तरणको कूनै सम्भावना नरहेको बताए ।