दरबारमार्गको डेजाभु लाउञ्ज कालोसूचीमा, यी हुन् बैँकको ऋण नतिर्ने संचालकहरु

Diyo post  

काठमाडौँ, माघ १० । डेजाभु लाउञ्ज प्राईभेट लिमिटेड कालोसुचिमा परेको छ । राजधानीकै सबैभन्दा बढी चल्ने दरबारमार्गमा रहेको डेजाभु ले विभिन्न बैँक तथा फाइनान्स कम्पनीहरुबाट कर्जा लिएर नतिरेपछि कालोसूचीमा परेको हो । डेजाभुलाई बैँक तथा वित्तिय सँस्थाहरुकै आग्रहअनुसार कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो ।

केन्द्रका अनुसार डेजाभुको कालोसूची नम्बर ११३६४ रहेको छ भने उक्त कम्पनी केन्द्रको कालोसुचीमा पर्ने ब्यक्ति तथा कम्पनीहरुको संख्यामा ६ हजार ७ सय ३० नम्बरमा परेको छ । कम्पनीसहित संचालकहरु अनन गुरुङ, मनोज श्रेष्ठ, प्रवेश श्रेष्ठ र समिप सिलाकरलार्य पनि केन्द्रले कालोसुचिमा राखेको छ ।

विभिन्न बैँक तथा फाइनान्स कम्पनीहरुबाट कर्जा लिने तर नतिर्ने व्यक्ति तथा कप्पनीहरुलाई सम्वन्धित बैँक तथा फाइनान्स कम्पनीको आग्रहमा केन्द्रले कालोसूचीमा राख्दै आएको छ ।

कालोसूचीमा परेपछि सम्बन्धित व्यक्तिहरुको बैँक खाता रोक्का हुने, कालोसूचीबाट फुकुवा नभएसम्म अर्को कुनै बैँक तथा फाइनान्स कर्जा लिने कानुनी हैसियत समाप्त हुने लगायतका प्रावधानहरु रहेका छन् । केन्द्रले हालसम्म समत हजार तीन सय ६३ ब्यक्ति फर्म तथा कम्पनीहरुलाई कालोसूचीमा राखिसकेको छ ।

सम्बन्धित खबर