काठमाडौँ, माघ १० । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काँग्रेस पार्टी कार्यलय सानेपामा नाराबाजी गरेका छन् । उनिहरुले पार्टी सभापती शेरवहादुर देउवालाई लक्षित गरि नाराबाजी गरेका छन् । पशुपती क्याम्पसबाट मोटरसाइकल र्यालीसहित सानेपा पुगेको कार्यकर्ताहरुले ‘असफल नेतृत्व चाहिँदैन, म्याद थप्न पाइँदैन’ भन्दै नाराबाजी गरेका छन् ।
पार्टी केन्द्रिय समिती वैठकका लागि शीर्ष नेताहरु पुग्नेबित्तिकै नेविसंघका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए । नेविसंघको कार्यकाल सक्किएको तर पनि म्याद थपेको भन्दै उनिहरुले नाराबाजी गरेका हुन् ।
वैठक तोकिएको समयभन्दा २ घण्टा ढिला पुगेका सभापति देउवालाई नेविसंघका कार्यकर्र्ताहरुले घेरेर नाराबाजी गरेका थिए । नेविसंघको चुनावलाई अनिश्चित बनाएको भन्दै देउवाविरुद्ध नाराबाजी गरेपछि देउवाले सबैलाई नमस्कार गर्दै कार्यलय प्रवेश गरेका थिए ।