डा. केसीको समर्थनमा प्रदर्शन: उज्वल थापा सहित ३० जना पक्राउ

Diyo post  

काठमाडौँ, माघ ११ । अनसनरत डा. गोविन्द केसीको समर्थनमा नयाँ बानेश्वरमा प्रदर्शन भएको छ । १६ औँ पटक अनसन बसेको डा. केसीको मागलाई सम्वोधन गर्नको लागि दबाव दिँदै विवेकशील नेपाली दल र नेविसंघ सहितका अन्य समर्थकहरुले आन्दोलन गरेका हुन् ।

प्रहरीले डा. केसीको समर्थनमा आन्दोलन गर्ने ३० जनालाई पक्राउ गरेको छ । नेविसंघका केन्द्रिय सदस्य नवराज त्रिपाठी लगायत विवेकशील नेपाली दलका संयोजक उज्वल थापा पनि पक्राउ परेका छन् । त्यसैगरि विवेकशील नेपाली दलकै अन्य सदस्यहरु शशी विक्रम कार्की, अजिता राई,डा दिनेश प्रसाईं, अम्बिका कार्की,सूजन श्रेष्ठ,रामजी पन्त,मिलन पाण्डे,सोनम थीमी, लगायत छन्। उनीहरूलाई हाल नेपाल पुलिस क्लब भृकुटीमण्‍डपमा राखिएको छ।

सम्बन्धित खबर