नेपालका तीन ब्याट्सम्यान शुन्य रनमा आउट, युएइसामु १ सय १४ रनको लक्ष्य

Diyo post  

कमाठमाडौँ, माघ ११ । पहिलो एकदिवसिय क्रिकेटमा नेपालले युएइसामु १ सय १४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर व्याटिङको निम्तो पाएको नेपालले ३३ ओभर ५ बल खेल्दै १ सय १३ रन बनाएको थियो ।

शुरुवाती ब्याटिङ खराब गरेको नेपालले चौथो बलमै उपकप्तान ज्ञानेन्द्र मल्ललाई गुमाएको थियो । उनि शुन्य रनमै आउट भए । त्यसपछि ६ रन बनाउने बित्तिकै अर्का व्याट्सम्यान विनोद भण्डारी आउट भए । पराजित भइसकेको खेललाई समेत उल्टाउन सक्ने कप्तान पारस खड्का यसपाली पनि चुके । उनि ३६ बल खेल्दै २० रनको योगदानमा पवेलियन फर्के । चौथो विकेटका रुपमा नेपालले दिपेन्द्रसिं ऐरिलाई गुमायो । उनी पनि शुन्य रनमा आउट हुँदा नेपाली टोलीलाई थप दबाव बढेको थियो ।

ओपनिङ मै खराब प्रदर्शन गरेको नेपालले खेललाई सामान्य अवस्थामा ल्याउन सकेन । एकपछि एक विकेट झर्दै जाँदा नेपालको खेल त्यति नै धराशायी बन्दै गएको थियो । आशालाग्दा व्याट्सम्यानहरु ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिं ऐरि र बसन्त रेग्मी शुन्य रनमै आउट भएका थिए । नेपालका लागि उत्कृष्ट मानिएका ब्याट्सम्यान पारस खड्का, करण केसी र विनोद भण्डारीले निराशाजनक प्रदर्शन गरेपछि नेपाली टोलीको खेल खस्किएको हो ।

बलिङमा उत्कृष्ठ मानिएका सोमपाल कामीले टिमलाई सर्वाधिक ३० रनको योगदान गरे । त्यस्तै आरिफ शेखले २५ रन बनाउँदा सन्दीप लामिछानेले १५ रनको योगदान दिए । हाल नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा युएई ब्याटिङ गरिरहेको छ । ७ ओभरमा खेल चलिरहँदा युएइले २ विकेट गुमाएको छ भने ३१ रनको योगफल तयार पारिसकेको छ । युएईका अस्फाक अहमद र चिराग शुरी आउट भएका छन् । बलिङमा नेपालका सन्दीप लामिछाने मैदानमा छन् ।

सम्बन्धित खबर