विधेयक पारितप्रति देउवा र गगन भन्छन, ‘सभामुख सरकारको आदेशपालक भए’

Diyo post  

काठमाडौँ, माघ ११ । शुक्रबार शिक्षामन्त्री गिरिराजमणी पोखरेलले संसदमा चिकित्साशास्त्र विधेयक निर्णयार्थ प्रस्तुत गरे । संसदको रोस्ट्रम सम्म जानको लागि उनलाई हम्मेहम्मे परेको थियो । मर्यादापालकको सहयोगमा उनी रोस्ट्रम सम्म पुगे । प्रतिपक्षले नाराबाजी चर्कारहेका थिए त्यसलाई बेवास्ता गरि सभामुख महराले विधेयक निर्णयार्थ पेश गरे । सो विधेयकलाई बहुमतले पारित गर्यो ।

तीन दिनदेखि संसद अवरुद्ध गरिरहेको नेपाली कांग्रेसले चिकित्सा शास्त्र विधेयकलाई पारित गराउन नहुने अडान राख्दै आएको थियो । विहीबार सभामुख कृष्णबहादुर महराले प्रतिपक्ष जतिसुकै उत्तेजित भएपनि विधेयक प्रस्तुत गरिछाड्ने बताएका थिए । शुक्रबार संसदमा मुठभेडको खतरा उत्पन्न भएपछि मर्यादापालकको संख्या बढाइएको थियो । प्रतिपक्ष दलका सांसदहरु उठेर रोस्ट्रमतर्फ आउन खोज्दा मर्यादापालकहरुले रोकेका थिए । त्यसपछि हल्लाकै बिचबाट चिकित्साशास्त्र विधेयक पारित भयो ।

संसद भवन भित्र प्रतिपक्ष दल नेपाली कांग्रेसको आवाज सत्तापक्षले नसुनेपछि आक्रमक बनेको छ । संसद वैठकभित्रै उत्तेजित भएका कांग्रेस सांसदहरुले संचारकर्मीहरुसँग बोल्दे सरकारले दूई तिहाईको दम्भ देखाएको र प्रतिपक्षको मतलाई बेवास्ता गरिएको भन्दै लोकतन्त्रको उपहास गरेको आरोप लगाएको छ ।

नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले विनाबार्ता बाट ल्याइएको चिकित्साशास्त्र विधेयकलाई एकलौटी रुपमा प्रस्तुत गरिएकोले सरकारले अधिनायकवादको अवलम्बन गरेको आरोप लगाएका छन् । आफ्नो कार्यकालमा गोविन्द केसीसँग भएको सम्झौताअनुरुप विधेयक पास गरेको तर कम्युनिस्ट सरकारले विरोधका बिच विधेयक पास गरिनुलाई अधिनायकवाद तर्फ गएको बताए ।

सभापती देउवाले सभामुखले समेत सत्तापक्षको समर्थन गरेको आरोप लगाएको छ । तटस्थ हुनुपर्ने पदमा बसेको ब्यक्तिले नै प्रतिपक्षको घोर विरोधका बिचबाट अध्यादेश पारित गराउनुलाई समेत उनले पदको दुरुपयोग गरको बताए । त्यस्तै काँग्रेस नेताहरुको नामबाट खोलिएको अस्पतालहरुलाई ओझेलमा पार्न खोजेको आरोप लगाउँदै सभापती देउवाले त्यसको विरुद्धमा पार्टी शसक्त भएर अगाडी बढ्ने बताएका छन् ।

युवा नेता गगनकुमार थापाले सभामुखले जालझेलपुर्ण व्यवहार गरेको बताएका छन् । सर्वदलिय वैठकमार्फत सभामुखले निकाश निकाल्ने र मुठभेड भएको खण्डमा सदनको कारवाही अगाडी बढाउँदिन भनेको तर सदनमा वैठक शुरु भएपछि जालझेलपुर्ण ढंगबाट विधेयक प्रस्तुत गरेको आरोप लगाएका छन् । सभामुखको आशनबाट यस्ता प्रकृतीका कामहरु गर्न मिल्ने हो कि नमिल्ने हो ? उनले प्रश्न गरे । सभामुखले सरकारको आदेशको पालना गरेको आरोप समेत लगाएका छन् । उनल विधेयक पास गर्न सरकारभन्दा बढी सभामुख लागि परेको बताएका छन् ।

शुक्रबार सरकारी विषयमा छलफल नहुने बताउदै नेता थापाले सभामुखले चाहेको भए संसद रोकिने र विधेयक पास नहुने बताए । त्यस्तै नेकपाले डा. गोविन्द केसीलाई मरे मरोस् को ब्यवहार गरेको समेत आरोप लगाए । ‘नेकपाले डा. केसीको ९५ प्रतिशत माग पुरा भएको र ५ प्रतिशत कुराहरुलाई मात्र संसोधन गरिएको बताउँदा त्यो ५ प्रतिशतमा के छ जसले प्रतिपक्षसँग लड्न तयार बनायो ?’ उनले प्रश्न गरे । उनले प्रश्न गरे, ‘सरकार शक्तिशाली हो कि सरकारलाई चलाउने व्यापारी ?’

सम्बन्धित खबर